
मेदिनीपुर, 20 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना अधिनस्थ बामनपुकुर क्षेत्रमा सर्पले डसेर एकजना 19 वर्षीय युवतीको मृत्यु भयो। घटनापछि सम्पूर्ण क्षेत्रमा शोक छाएको छ।
स्थानीय सूत्र अनुसार युवतीले गए आइतवार राति आफ्नो घरमा मोबाइल हेरिरहेकी थिई। यसै अवधि घरमा पसेको एउटा विषालुसर्पले उसलाई डस्यो। पहिला त परिजनले घटना के हो स्पष्ट रूपमा थाहा पाएनन्, तर केही समयपछि युवतीको स्वास्थ्य द्रूत गतिमा बिग्रिनथाल्यो। त्यसपछि तत्कालै उसलाई दाँतन ग्रामीण अस्पतालमा लगियो जहां चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
घटनाको सूचना पाएपछि स्थानीय मानिसहरूमा शोक फैलियो। बर्खामासमा सर्पहरूको उपद्रव बढ़्ने हुनाले ग्रामीणहरूमा चिन्ता बढ़िरहेको छ। स्थानीय मानिसहरूले प्रशासनसित क्षेत्रमा जागरूकता अभियान सञ्चालन गर्ने अनि सर्पको डसाईदेखि बच्ने उपायहरू बारे मानिसहरूलाई सचेत गराउने माग गरेका छन्।
उल्लेख्य, मनसुनमा घरको कुना-काप्चा, अँध्यारो ठाउँ तथा झाड़ीहरूको वरिपरी सर्प निक्लिने घटना बढ़्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा