21 जुलाईमा फेरियो तस्वीर : हावड़ा स्टेशन र फेरी घाटमा अब तृणमूल समर्थकहरूको भीड़ देखिने छैन
21 जुलाईमा फेरियो तस्वीर : हावड़ा स्टेशन र फेरी घाटमा अब तृणमूल समर्थकहरूको भीड़ देखिने छैन


हावड़ा, 21 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि 21 जुलाईमा पहिलो पटक आयोजित शहीद दिवसमा हावड़ा स्टेशन तथा फेरी घाटको दृश्य पूर्ण रूपले भिन्नै देखियो। मङ्गलवार बिहान यहाँ न त तृणमूल समर्थकहरूको पारम्परिक भीड़ देखियो, न त पार्टीको झण्डा, ब्यानर, स्वागत द्वार वा लाउडस्पीकरको चहल-पहल।

प्रत्येक वर्ष 21 जुलाई आउनु एक दिनपूर्वदेखि नै उत्तर तथा दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूबाट हजारौंं तृणमूल कार्यकर्ताहरू कोलकाता आउन शुरू हुन्थ्यो। उनीहरूको बस्ने-भोजनको व्यवस्थाको लागि शिविर राखिन्थ्यो भने हावड़ा स्टेशनमा पार्टीले भव्य स्वागत मञ्च बनाएको हुन्थ्यो। सम्पूर्ण स्टेशन परिसर तृणमूलका झण्डा अनि पोस्टरहरूले सजिएको हुन्थ्यो।

तर यस वर्ष राजनीतिक परिस्थिति परिवर्तन भएपछि यहाँको तस्वीर एकदमै भिन्न देखियो। बिहान नौ बजेसम्म पनि हावड़ा स्टेशन तथा फेरी घाटमा तृणमूल कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थिएन। अन्य दिन सरह यात्रीहरू आफ्नो दिनचर्यामा व्यस्त रहे। स्टेशन परिसरमा कुनै ठूलो राजनीतिक आयोजनको माहोल देखिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande