बाढ़ीः कम्मरसम्म पानीमै अन्तिम संस्कार, हिलोमा जीवन खोजिरहेका छन् शिवसागर र चराइदेवका मानिसहरूले
बाढ़ीः कम्मरसम्म पानीमै अन्तिम संस्कार, हिलोमा जीवन खोजिरहेका छन् शिवसागर र चराइदेवका मानिसहरूले


गुवाहाटी, 26 जुलाई (हि.स.)। असमको बाढ़ी प्रभावित शिवसागर औ चराइदेव जिल्लामा विध्वंसको यस्तो रूप देखिँदैछ जहाँ मानिसहरूको लागि जीवन र मृत्यु दुवै नै सङ्घर्ष भएको छ। बाढ़ीमा डुबेका अनेकौ परिवारहरूलाई आफ्नो दिवङ्गत प्रियजनहरूको अन्तिम संस्कार पनि कम्मर-कम्मर पानीको बीचमा गर्न परिरहेको छ।

श्मशान घाट जलमग्न भएको कारणले परिवारजनले बाढ़ीको पानीमाथि नै अस्थायी मञ्च बनाएर मृतकहरूको अन्तिम संस्कार गरी उनीहरूको आत्मशान्तिको लागि प्रार्थना गरे।यो दृश्यले बाढ़ीको भयानक रूप तथा पीड़ित परिवारको विवशतालाई वर्णन गर्छ।

शिवसागर एवं चराइदेव जिल्लामा आएको भयङ्कर बाढ़ीमा कतिपय गाउँहरूमा बाढ़ीको पानी घरको छतसम्म पुगेको थियो। अब बिस्तारै पानी घट्दै गइरहेको भए पनि पानीले मोटो लेदो छ ओड़ेर गएको छ जसले गर्दा मानिसहरूलाई समस्या भइरहेको छ।

घरभित्र-बाहिर चारैतिर हिलो छ। केही स्थानहरूमा घुँड़ा-घुँड़ासम्म हिलो भए पनि मानिसहरूले आफ्नो घरहरू सफा गर्ने, सामान बचाउने तथा पुनः सामान्य जीवन शुरू गर्ने प्रयास गरिरहेका छन्।

बाढ़ीको पानी घट्दै गइरहेको भए पनि पीड़ितहरूको पीड़ा आलै छ। अब उनीहरूमाथि आफ्नो भत्किएको घर, उजड़िएको जिन्दगी तथा भविष्य सजाउने कठिन चुनौती आइलागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande