असमको कामरूपमा 24 किलोग्राम संदिग्ध अफिम जफत, तस्कर पक्राउ
असमको कामरूपमा 24 किलोग्राम संदिग्ध अफिम जफत, तस्कर पक्राउ


गुवाहाटी, 21 जुलाई (हि.स.)। असम पुलिसद्वारा राज्यमा मादक पदार्थहरूको तस्करी विरूद्ध सञ्चालित अभियान अन्तर्गत कामरूप जिल्लामा 24 किलोग्राम संदिग्ध अफिम जफत गरियो। उक्त अफिमको अन्तर्राष्ट्र्यि बजारमा अनुमानित मूल्य लगभग 1.6 करोड़ रुपियाँ रहेको बताइएको छ। यस मामिलामा एक जना आरोपीलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मङ्गलवार सोशल मीडियाको माध्यमबाट उक्त कारबाहीको जानकारी साझा गरे। उनले बताए, कामरूप पुलिसले विशेष अभियान अवधि यो सफलता हासिल गऱ्यो। अफिमलाई जफत गरिएको छ भने पक्रा पर्ने आरोपीलाई जाँचबुझ गरिँदैछ ताकि यस नेटवर्कसित जोड़िएका अन्य मानिसहरूलाई चिन्हित गरी उनीहरूमाथि कारबाही गर्न सकियोस्।

मुख्यमन्त्रीले भने, राज्य सरकारको असम अगेन्स्ट ड्रग्स अभियान अन्तर्गत मादक पदार्थको तस्करी विरूद्ध लगातार प्रभावकारी कारबाही गरिँदैछ। उनले यस सफल अभियानको लागि असम पुलिस तथा कामरूप पुलिस टीमको सराहना गर्दै भने, राज्यलाई नशामुक्त बनाउनकोलागि सरकारको अभियान आगामी दिनमा पनि पूर्ण कड़ाईको साथमा कायम रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande