
पश्चिम बर्दवान, 21 जुलाई (हि.स.)। लगभग 15 वर्षपछि मङ्गलवार कङ्ग्रेसले कोलकाताको ऐतिहासिक शहीद मीनार मैदानमा शहीद समागम आयोजना गऱ्यो। यस कार्यक्रममा राज्यका विभिन्न जिल्लाहरूबाट ठूलो सङ्ख्यामा कङ्ग्रेस कार्यकर्ताहरू सामेल भए। आसनसोल तथा दुर्गापुरबाट पनि सयकड़ौं कार्यकर्ताहरू ट्रेन, बस तथा निजी वाहनहरूको माध्यमबाट कोलकाता पुगे। पार्टीले यस आयोजनलाई शहीदहरूलाई श्रद्धाञ्जली दिनका साथै आफ्नो राजनीतिक शक्ति प्रदर्शनको रूपमा पनि पेश गऱ्यो।
कार्यक्रमको सन्दर्भमा कङ्ग्रेस नेता शाह आलमले तृणमूल कङ्ग्रेसमाथि चर्को हमला गर्दै भने, यो समागम पूर्ण रूपले शहीदहरूप्रति समर्पित छ भने यसमा कुनै पनि प्रकारको मनोरञ्जन वा देखावटी हुनेछैन। उनले भने, यहाँ न त पगलू डान्स हुनेछ, न त अण्डा-भात। यो कार्यक्रम मात्र शहीदहरूलाई सम्मान दिनका लागि आयोजना गरिएको हो।
शाह आलमले दाबी गरे, लगभग डेढ़ दशकसम्म कङ्ग्रेसलाई शहीद मीनार मैदानमा कार्यक्रम आयोजना गर्ने अनुमति प्राप्त भएको थिएन जसकारण पार्टीलाई आफ्नै कार्यालयहरूमा शहीद दिवस मनाउनु परेको थियो। उनले आरोप लगाए, तत्कालीन सरकारले विपक्षको लोकतान्त्रिक गतिविधिमाथि लगातार रोक लगाउने काम गऱ्यो। कङ्ग्रेस कार्यकर्ताहरूमाथि अत्याचार गरियो।
उनले 21 जुलाई, 1993- को गोलीकाण्डको मुद्दा उठाउँदै माग गरे, घटनासित सम्बन्धित आयोगको रिपोर्टलाई पुनः सार्वजनिक गरियोस्। साथै त्यसताकका अधिकारी मनीष गुप्तामाथि कड़ा कारबाही गरियोस्।
कङ्ग्रेस नेताहरूको भनाइ छ, शहीद समागम कार्यक्रम शहीदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम मात्र नभई लोकतान्त्रिक अधिकार तथा न्यायको मागलाई लिएर जनतालाई सन्देश दिने मञ्च पनि हो। कार्यक्रममा व्यापक मात्रामा उपस्थित कार्यकर्ताहरूको उपस्थितिलाई पार्टीले जनाधार अनि सङ्गठनात्मक मजबुतीको सङ्केत बतायो।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा