मुख्यमन्त्रीको निर्देशमा मन्त्री केशव महन्तले मरियानीमा बाढ़ीको स्थितिको जायजा लिए
मुख्यमन्त्रीको निर्देशमा मन्त्री केशव महन्तले मरियानीमा बाढ़ीको स्थितिको जायजा लिए


जोरहाट (असम), 21 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको निर्देश अनुरूप राज्यका मन्त्री केशव महन्तले मङ्गलवार मरियानीमा पुगेर बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण गरे। यस अवधि मन्त्रीले राहत एवं बचाउ कार्यहरूको समीक्षा पनि गरे।

निरीक्षणको क्रमममा मन्त्री महन्तले बाढ़ीमा ज्यान गुमाउने प्रत्येक मृतकको परिवालाई 4 लाख रुपियाँको एकमुष्ठ अनुग्रह राशि प्रदान गर्ने घोषणा गरे। उनले आश्वासन दिए, राज्यसरकारले प्रभावित परिवारहरूलाई हरसम्भव सहायता उपलब्ध गराउनेछ।

यस अवसरमा मरियानीका विधायक रूपज्योति कुर्मी तथा जोरहाटका जिल्ला आयुक्त मन्त्रीको साथमा थिए। अधिकारीहरूसित बैठक गरी मन्त्रीले राहत कार्यहरूमा तीव्रता ल्याउने अनि प्रभावित मानिसहरूलाई यथाशक्ति मद्दत गर्ने निर्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande