दिल्ली भाजपाले पूर्व अध्यक्ष माङ्गे राम गर्गको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गऱ्यो
दिल्ली भाजपाले पूर्व अध्यक्ष माङ्गे राम गर्गको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गऱ्यो


नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), दिल्लीका पूर्व अध्यक्ष माङ्गे राम गर्गको 7औं पुण्यतिथिमा मङ्गलवार दिल्ली भाजपाले उनलाई श्रद्धाञ्जली चढ़ायो।

दिल्ली भाजपा कार्यालयमा मङ्गलवार आयोजित एक साधारण सात्विक कार्यक्रममा दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्राले अनेकौं पदाधिकारीहरू एवं कार्यकर्ताहरूको उपस्थितीमा स्वर्गीय माङ्गे राम गर्गको चित्रमा माल्यार्पण गरी श्रद्धासुमन चढ़ाए। दिल्ली भाजपाका महामन्त्री विष्णु मित्तल एवं योगिता सिंह सहित अनेकौं कार्यकर्ताहरूले पनि चित्रमा पुष्पा़ञ्जली अर्पण गरे।

यस अवसरमा हर्ष मल्होत्राले भने, माङ्गे राम गर्ग सङ्गठन कौशलका प्रतीक थिए। उनी तृणमूल स्तरका कार्यकर्तादेखि माथि उक्लेर प्रदेश अध्यक्ष भए, यही नै उनको सबैभन्दा ठूलो पहिचान हो।

दिल्ली प्रदेश अध्यक्षले भने, गर्गले सङ्गठन पर्व-लाई आन्दोलन बनाए। हरेक मण्डल, जिल्लामा प्रवास, बैठक तथा प्रशिक्षण शिविरहरू आयोजना गरे। चुनाउमा पनि उनको रणनीति हुन्थ्यो- पहिला सङ्गठन, त्यसपछि सरकार।

मल्होत्रा भने, अनुशासन एवं सम्वादका पक्षधर गर्गले वरिष्ठ अनि युवा कार्यकर्ताहरूबीच सेतु भएर पार्टीमा एकजुटता ल्याए। उनलाई दिल्ली भाजपाका केही नेताहरूले सङ्गठन गुरु मान्दछन्। उनको जीवन नयाँ कार्यकर्ताहरूका लागि प्रेरणा हो भने हामीलाई सेवा, समर्पण तथा सङ्गठनको सन्देश दिन्छ।

उल्लेखनीय छ, स्वर्गीय माङ्गे राम गर्गको निवास एवं सामाजिक कार्य भूमि अशोक विहारमा आज उनको स्मृतिमा उनका पुत्र एवं दिल्ली भाजपाका कोषाध्यक्ष सतीश गर्गको संयोजनमा उनका परिजन एवं मित्रहरूद्वारा एक श्रद्धाञ्जली सभा एवं स्मृति सङ्गोष्ठी आयोजन गरियो जसलाई राष्ट्रिय स्वंय सेवक सङ्घका वरिष्ठ प्रचारक प्रेम गोयललेसम्बो धन गरे। यसरी नै दिल्ली राष्ट्रिय स्वंय सेवक सङ्घका कार्यवाह अनिल गुप्ता, सांसद योगेन्द्र चाँदोलिया आदिले पनि माङ्गे रामको स्मृति सभालाई सम्बोधन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande