
पश्चिम बर्दवान, 21 जुलाई (हि.स.)। कोलकाताको शहीद मीनारमा आयोजित शहीद दिवस कार्यक्रममा सामेल हुन गइरहेका कङ्ग्रेस कार्यकर्ता तथा भाजपा समर्थकहरूबीच मङ्गलवार दुर्गापुर रेलवे स्टेशनमा भएको नाराबाजीको कारणले स्थिति तनाउपूर्ण भयो। कङ्ग्रेसले आरोप लगायो, भाजपा कार्यकर्ताहरूले उनीहरूलाई कोलकाता जानदेखि रोक्ने प्रयास गरे भने कतिपय कार्यकर्ताहरूमाथि कुटपिट समेत गरे।
प्रत्यक्षदर्शीहरू अनुसार दुई पक्षबीच पहिला नाराबाजी शुरू भयो जुन केही समयपछि चर्को बहसमा परिणत भयो। यसबाट स्टेशन परिसरको वातावरण तनाउपूर्ण भयो। तथापि कुनै ठूलो अप्रिय घटना भने भएन। केही समयपछि नै स्थिति सामान्य भयो। पछि घटनास्थलमा पुलिस पुगेपछि कङ्ग्रेस कार्यकर्ताहरू ट्रेन मार्फत कोलकाता तर्फ प्रस्थान भए।
कङ्ग्रेसका पश्चिम बर्दवान जिल्लाध्यक्ष देवेश चक्रवर्तीले भाजपालाई लक्षित गर्दै भने, अढ़ाई महिना पुरानो सरकार कङ्ग्रेससित डराएको छ। उनले आरोप लगाए, पहिला तृणमूल कङ्ग्रेसले जुन मानिसहरूमाथि गुण्डागिरीको आरोप लगाएको थियो आज उसैले भाजपासित मिलेर कङ्ग्रेस कार्यकर्ताहरूलाई रोक्ने प्रयास गरिरहेको छ। उनले भने, तमाम बाधाहरूलाई चिर्दै कङ्ग्रेस कार्यकर्ताहरू कोलकाताको कार्यक्रममा सामेल हुनका लागि प्रस्थान भए।
अर्कोतिर भाजपाले कङ्ग्रेसका सबै आरोपहरूलाई खारेज गरिदियो। भाजपा नेताहरूको भनाइ छ, उनीहरूले कसैलाई पनि रोकेनन्। उनीहरूले दाबी गरे, उनीहरूले कोलकाता जाने मानिसहरूलाई पानी र बिस्कुट उपलब्ध गराइरहेका थिए। भाजपाले उल्टै आरोप लगायो, तृणमूल कङ्ग्रेसका केही नेता अनि कार्यकर्ताहरू अब कङ्ग्रेसको झण्डा बोकेर हिँड़िरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा