5.50 करोड़को जीएसटी रिफण्ड धोकाधड़ीमा तीन जना सरकारी अधिकारी समेत पाँच जना समातिए, सम्पत्ति जफत
5.50 करोड़को जीएसटी रिफण्ड धोकाधड़ीमा तीन जना सरकारी अधिकारी समेत पाँच जना समातिए, सम्पत्ति जफत


नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। दिल्ली एन्टी-करप्शन ब्राञ्चले 5.50 करोड़ रुपियाँको जीएसटी रिफण्ड धोकाधड़ी मामिलामा तीन जना सरकारी अधिकारीहरू अनि दुई जना अन्य व्यक्तिहरू सहित पाँच जनालाई पक्राउ ग रेको छ। यस मामिलामा आरोपीहरूको सम्पत्ति पनि जफत गरिएको छ।

दिल्ली एन्टी-करप्शन ब्राञ्चका प्रमुख (आईपीएस) विक्रमजीत सिंहले मङ्गलवार विज्ञप्ति जारी गरी बताए, दिल्ली सरकारको एन्टी-करप्शन ब्राञ्च (एसीबी) ले जीएसी रिफण्ड धोकाधड़ी मामिलामा पाँच जना आरोपीहरूलाई पक्राउ गरेको छ। यस धोकाधड़ीमा 5.50 करोड़ रुपियाँको रिफण्डलाई गलत ढङ्गमा स्वीकृति दिइएको थियो। पक्रा पर्नेहरूमा दिल्ली व्यापार औ कर विभागका तीन जना अधिकारी औ अन्य दुई जना व्यक्तिहरू सामेल छन् जसको पहिचान अजीत सिंह (जीएसटी अधिकारी), अटल भारद्वाज (जीएसटी इन्स्पेक्टर), हिमांशु मलिक ( लोअर डिभीजन क्लर्क), अजय कुमार औ आशिष मिश्राको रूपमा भएको छ।

उनले बताए, यो मामिला दिल्ली सरकारको व्यापार एवं कर विभागबाट प्राप्त सिकायतको आधारमा दर्ता गरिएको थियो। सिकायतमा जीएसटी रिफण्ड क्लेमको प्रोसेसिङ्ग र स्वीकृतिमा गम्भीर अनियमितताको उल्लेख गरिएको थियो। जाँचमा थाहा लागे अनुसार रिफण्डको प्रोसेसिङ्ग कानूनी प्रावधान तथा तय विभागीय प्रक्रियाहरूको उल्लङ्घन गरी गरिएको थियो। आरोप छ, आवश्यक भेरिफिकेशन तथा फाइनेन्शियल जाँचलाई बेवास्ता गरियो, जाली दस्तावेज र जाली तस्वीरहरूलाई उपयोग गरियो तथा रिफण्ड क्लेमलाई थोरै समयमै प्रोसेस गरियो जसबाट सरकारी ढिकुटीलाई नोक्सान पुग्यो।

विक्रमजीत सिंहले बताए, पहिलो पटक एसीबीले बीएएसएसको धारा 107 उपयोग गरेको छ भने अदालतको आदेश अनुरूप अपराधबाट प्राप्त रकमले खरिद गरिएका सम्पत्तिहरूलाई ट्रायल पूरा नहुञ्जेलसम्मको लागि जफत गरियो। जाँचमा यो पनि पाइयो, दुई जना निजी व्यक्तिहरूले ठूलो षड़यन्त्र गरेर धोकाधड़ीबाट प्राप्त रकमलाी यता-उता गर्न अनि लेयरिङ्ग गर्नमा सहयोग गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande