
माजुली (असम), 21 जुलाई (हि.स.)। कङ्ग्रेस सांसद गौरव गोगोईले मङ्गलवार माजुलीको 53 नम्बर गड़मुर पञ्चायत अधिनस्थ बाढ़ी प्रभावित क्षेत्रहरूको भ्रमण गरी स्थितिको जायजा लिए अनि प्रभावित मानिसहरूसित भेट गरे।
यस अवधि उनले निगमानन्द आश्रकको पछिल्लो भागमा अवस्थित क्षेत्र, वार्ड सङ्ख्या-3, वार्ड सङ्ख्या-2 तथा वार्ड सङ्ख्या-1 को बाँध, अलेङ्गमोरा, सेङेगेलियाटी औ शालमरा आदि क्षेत्रहरूको निरीक्षण गरे। उनले बाढ़ीको स्थितिको मूल्याङ्कन गर्नका साथै प्रभावित मानिसहरूको समस्याहरूबारे जानकारी लिए।
त्यसपछि सांसद गौरव गोगोई तिताबर विधानसभा क्षेत्र तर्फ प्रस्थान भए जहाँ उनले बाढ़ीको स्थिति र प्रभावित मानिसहरूको अवस्था बारे जायजा लिनका लागि कार्यक्रम निर्धारित गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा