
नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल मङ्गलवार राम मनोहर लोहिया (आरएमएल) अस्पतालमा पुगे जहाँ उनले जन्तर-मन्तर प्रदर्शनमा घाइते भएका विद्यार्थी अनि पुलिसकर्मीहरूसित भेट गरे।
अरविन्द केजरीवालले आज अस्पताल बाहिर पत्रकारहरूसित बातचित गर्दै भने, गए सोमवार विद्यार्थीहरूमाथि भएको कथित पुलिस कारबाहीमा केही विद्यार्थी अनि पुलिसकर्मीहरू घाइते भएका थिए। घाइतेहरूमध्ये अधिकांशलाई अस्पतालबाट छुट्टी दिसकिएको छ भने एक जना विद्यार्थीको अवस्था अहिले पनि गम्भीर छ।
केजरीवालले भने, पुलिसले जानकारी दिएका छन् कि एकजना विद्यार्थी बाहेक अन्य सबैलाई घाइतेहरूलाई डिस्चार्ज गरिएको छ। ती छात्राको अवस्था अहिले पनि गम्भीर छ जसको शीघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरे।
उनले सोशल मीडियामा आइरहेका समाचारहरूको उल्लेख गर्दै भने, लगभग 110 जना मानिसहरू अस्पतालमा भर्ती भएको कुरा प्रकाशमा आएको छ। तर अहिले यहाँ एकजना छात्रा नानी मात्र छन् जबकि अन्य सबैलाई जिस्चार्ज गरिसकिएको छ।
केजरीवालले आरोप लगाए, भोलिदेखि पुलिसले केन्द्र सरकारको निर्देशमा तानाशाही ढङ्गमा मानिसहरूलाई पक्राउ गरिरहेको छ, उनीहरूमाथि झुटो आरोप लगाइरहेको छ तथा एफआईआर बिनै हिरासतमा लिरहेको छ। धेरैजना आमा-बुवा तथा परिवारहरू आफ्ना नानीहरूको बारेमा जानकारी नपाएका कारणले चिन्तित छन्।
केजरीवालले बताए, आरएमएल अस्पतालपछि उनी अब संसद मार्ग थानामा जानेछन्।
यस अवधि केजरीवालको साथमा आआपाका दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाज र राज्यसभा सदस्य सञ्जय सिंह पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा