शहीद दिवसको मञ्चलाई लिएर ऋतब्रत ब्यानर्जीले ममता गुटलाई गरे लक्षित
शहीद दिवसको मञ्चलाई लिएर ऋतब्रत ब्यानर्जीले ममता गुटलाई गरे लक्षित


पश्चिम बर्दवान, 21 जुलाई (हि.स.)। गए सोमवार मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा सार्वजनिक गरिएको जाँच रिपोर्टको सम्बन्धमा दिइएको बयानलाई लिएर तृणमूल कङ्ग्रेसका नेता ऋतब्रत ब्यानर्जीले प्रश्न उठाउँदै भने, उनी पूर्व मुख्यमन्त्रीलाई सम्मानपूर्वक प्रश्न गर्न चाहन्छन कि जाँच आयोगको रिपोर्टलाई आखिर किन सार्वजनिक गरिएन? उनले आरोप लगाए, रिपोर्टलाई वर्षौंसम्म चिसो बस्तामा राखियो। आखिर कसलाई बचाउने प्रयास गरिएको हो? उनले थप प्रश्न राखे।

वास्तवमा पश्चिम बङ्गाल विधानसभामा गए सोमवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले जाँच आयोगको रिपोर्टलाई सार्वजनिक गर्दै बताएका थिए, रिपोर्टमा पुलिस फायरिङ्गमा ज्यान गुमाउनेहरूको परिवारलाई 25 लाख रुपियाँ अनि घाइतेहरूलाई 5 लाख रुपियाँ दिने सिफारिस गरिएको थियो, तर तत्कालीन ममता ब्यानर्जी सरकारले मृतकहरूका परिवारहरूलाई केवल दुई लाख रुपियाँ अनि घाइतेहरूलाई 15 हजार रुपियाँको सहयोग राशि दिएको थियो।

ऋतब्रत ब्यानर्जीले 21 जुलाईको शहीद दिवसको मञ्चलाई लिएर पनि चर्को टिप्पणी गरे। उनले आरोप लगाए, यतिका वर्षसम्म शहीद परिवारहरूलाई मञ्चमा उचित स्थान दिइएन। यहाँसम्म कि सांसद र विधायकले पनि मञ्चमा स्थान पाउँदैन थिए। यसको सट्टा टीभी धारावाहिकका सहायक कलाकारहरू मञ्चमा विशेष रूपमा बसेका हुन्थे। उनले भने, शहीद दिवसको मञ्च कुनै रियलिटी शोको मञ्च होइन। पार्टीका समर्पित कार्यकर्ताहरूको उपेक्षा गरियो।

उनले यो पनि आरोप लगाए, यस वर्ष मेयो रोडको सभामा सामेल हुन आइरहेका तृणमूल कार्यकर्ताहरूमाथि भाजपा समर्थकहरूले धेरै वटा ठाउँमा हमला गरे। ऋतब्रत अनुसार कृष्णनगर, ब्यारकपुर औ बीरभूममा पार्टी कार्यकर्ताहरूलाई लक्षित गरियो। यस सम्बन्धमा प्रशासन समक्ष सिकायत गरिएको छ।उनकोमा फोन रेकर्डिङ्ग पनि छ। ऋतब्रतले दाबी गरे, महेशतलादेखि कार्यकर्ताहरूलाई लिएर आउने बसका मालिकहरूलाई भाजपाका एकजना नेताले फोनमा धम्की दियो ताकि उनीहरूले बस उपलब्ध नगराउन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande