ममता ब्यानर्जीलाई मदन मित्रको खुल्ला चुनौती, भने-'एक महिनाको समय दिरहेको छु, अभिषेकलाई छोड़ेर असली तृणमूलमा आउनुहोस्'
ममता ब्यानर्जीलाई मदन मित्रको खुल्ला चुनौती, भने-'एक महिनाको समय दिरहेको छु, अभिषेकलाई छोड़ेर असली तृणमूलमा आउनुहोस्'


कोलकाता, 21 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसभित्र जारी राजनीतिक तानातान झन् बढ़ेको देखिँदैछ। ममता ब्यानर्जीभन्दा भिन्नै शहीद स्मरण कार्यक्रमको मञ्चबाट कमरहटीका विधायक मदन मित्रले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई खुल्ला चुनौती दिए। उनले भने, अभिषेक ब्यानर्जीले एक घण्टाको समय दिएका छन्, तर उनी ममता ब्यानर्जीलाई एक महिनाको समय दिरहेका छन् ताकि उनले असली तृणमूल-लाई साथ दिउन्।

मदन मित्रले आफ्नो सम्बोधनमा भने, ममता, तपाईलाई हामी एक महिनाको समय दिरहेका छौं। तपाई अभिषेकलाई छोड़ेर असली तृणमूलसित हात मिलाउनुहोस्। उनले यो पनि भने, ममता ब्यानर्जीको नेतृत्वमै तृणमूल कङ्ग्रेस यहाँसम्म आइपुगेको छ, तर आज पार्टी तीन भागमा विभाजन भएको स्थितिमाथि पनि प्रश्न उठाए।

उनले कार्यकर्ताहरूसित संयम राख्ने अपील गर्दै भने, कसैमाथि ढुङ्गा नहानौं, कसैको विरोधमा अभद्र भाषा प्रयोग नगरौं। ममता ब्यानर्जीलाई सम्बोधन गर्दै भनले भने, हामी आफ्नो गलाको 'उत्तरीय' बिछाइरहेका छौं, तपाई पैदल हिँड़ेर आउनुहोस्। यति मात्र भनिदिनुहोस् कि मबाट गल्ती भयो। म गान्धारी जस्तै पुत्र मोहमा अन्धी भएकी थिएँ।

यसअघि मञ्चबाट अनुव्रत मण्डलले पनि कार्यकर्ता अनि नेताहरूलाई तृणमूलकै साथमा रहने सन्देश दिए।

मायो रोडस्थित गान्धी प्रतिमाको छेउमा आयोजित यस शहीद स्मरण कार्यक्रममा चन्द्रिमा भट्टाचार्य, अरूप विश्वास, शिउली साहा सहित ऋतब्रत गुटका केही नेताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande