बाढ़ीको भयङ्कर स्थितिबीच राज्यसभा सांसदहरूले मुख्यमन्त्री राहत कोषमा वेतनको अंशदान गरे
बाढ़ीको भयङ्कर स्थितिबीच राज्यसभा सांसदहरूले मुख्यमन्त्री राहत कोषमा वेतनको अंशदान गरे


गुवाहाटी, 21 जुलाई (हि.स.)। असममा बाढ़ीको गम्भीर स्थितिलाई ध्यानमा राखेर राज्यसभा सांसद तेरेस गोवाल तथा योगेन महनले मुख्यमन्त्री राहत कोषमा आफ्नो वेतनको अंशदान गरी राहत एवं पुनर्वास कार्यमा सहयोग गरेका छन्।

उल्लेखनीय छ, नागाल्याण्डको मोन जिल्लामा बादल फाटेर भएको घना वर्षाको कारणले माथिल्लो असममा बाढ़ीको स्थिति अझ गम्भीर भएको छ।

हिमाली क्षेत्र कार्बीमा गए सोमवार परेको मुसलधारे पानीले डिजु नदीको जलस्तर बढ़ेपछि कलियाबरका धेरै वटा ठाउँहरू जलमग्न भएका छन्। कलियाबरका शालना, कालापानी औ आमगुड़ी जस्ता क्षेत्रहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्।

यी क्षेत्रहरूका लगभग 90 परिवारका लगभग 500 जना मानिसहरू बाढ़ीबाट प्रभावित भएका छन्। केही घरहरूमा पानी पसेको छ भने जनजीवन पूर्ण रूपले प्रभावित भएको छ। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ तथा राहत कार्य जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande