कछारमा 2.4 करोड़ रुपियाँंको संदिग्ध याबा ट्याबलेट जफत, तीन जना समातिए
कछारमा 2.4 करोड़ रुपियाँंको संदिग्ध याबा ट्याबलेट जफत, तीन जना समातिए


गुवाहाटी, 22 जुलाई (हि.स.)। असम पुलिसद्वारा सञ्चालित मादक पदार्थ विरोधी अभियान अन्तर्गत कछार जिल्लामा महत्वपूर्ण सफलता हासिल गर्दै लगभग 2.4 करोड़ रुपियाँको 24 हजार संदिग्ध याबा ट्याबलेट जफत गरिएको छ। यस मामिलामा तीन जना आरोपीहरूलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार सोशल मीडियामा उक्त कारबाहीको प्रशंसा गर्दै यसलाई नशा व्यापारविरूद्ध कायम अभियानमा एउटा ठूलो सफलता बताए।

उनले कछार पुलिसका प्रयासहरूको सराहना गर्दै भने, राज्य सरकारले असम अगेन्स्ट ड्रग्स अभियान अन्तर्गत मादक पदार्थहरूको नेटवर्कविरूद्ध कड़ा कारबाजी जारी राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande