
गुवाहाटी, 22 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार सोनारीका बाढ़ी प्रभावित क्षेत्रहरूको भ्रमण गरी प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग गर्ने भरोसा दिलाए।
मुख्यमन्त्रीले भने, बाढ़ी प्रभावित मानिसहरूको घर, आवश्यक दस्तावेज, खाता-किताब तथा अन्य आवश्यक सामानहरूको व्यवस्था सरकारले गरिदिनेछ। उनले मानिसहरूलाई चिन्ता नगर्ने अपील गर्दै भने, राज्य सरकारले पुनर्वास अनि राहतको लागि हरसम्भव सहयोग गर्नेछ। मुख्यमन्त्रीले आश्वासन दिए, सङ्कटको समयमा सरकार बाढ़ी प्रभावितहरूको साथमा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा