कुनै पनि समय बाढ़ीको चपेटमा पर्नसक्छ शिवसागर जिल्ला शहर
कुनै पनि समय बाढ़ीको चपेटमा पर्नसक्छ शिवसागर जिल्ला शहर


शिवसागर (असम), 22 जुलाई (हि.स.)। ऐतिहासिक शिवसागर जिल्ला शहरमा अहिलेघरि बाढ़ीको स्थितिले अत्यन्त गम्भीर रूप धारण गरिसकेको छ। बढ़्दो पानीको तीव्र प्रवाह अनि जलमग्नताले शहरको दैनन्दिन जीवनलाई पूर्ण रूपले ठप्प बनाइदिएको छ। ऐतिहासिक दरिका नदी खतरनाक रूपमा बढ़ेको कारमले शहरका अधिकांश भागहरूमा पानी भरिएको छ जसकारण कुनै पनि समय शिवसागर शहर पानीमा डुब्न सक्छ।

ज्ञात रहोस्, शिवसागर शहरको मुख्य सड़क मार्ग अहिलेघरि केही हदसम्म खोलामा परिणत भइसकेको छ। यहाँको ऐतिहासिक शिवदौल (शिव मन्दिर) सामु अवस्थित व्यस्त दौलमुख चौरस्ता र जेङ्गनिकटिया चौरस्ता पूर्ण रूपले पानीमा डुबिसकेका छन्। यस अतिरिक्त बाढ़ीको कारणले शहरका केही महत्वपूर्ण प्रशासनिक स्थानहरू पनि डुबिसकेका छन्। यहाँसम्म कि पुलिस अधीक्षक कार्यालय लगायत केही सरकारी कार्यालहरू समेत पानीमा डुबिसकेका छन्।

उल्लेखनीय छ, दरिका नदीको तीव्र प्रवाहले विनाशकारी रूप लिसकेको छ जसले शहरको लागि गम्भीर जोखिम उत्पन्न गरिरहेको छ। पानीको तीव्र धाराले गर्दा कारण ऐतिहासिक शहरका अधिकांश भागहरू पानीमा डुबिसकेका छन्। स्थिति अत्यन्त चिन्ताजनक भएको कारणले जिल्ला प्रशान अनि आपतकाली सेवाहरूले बाढ़ी प्रबावित मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि बचाउ कार्य गरिरहेका छन्। मानिसहरूलाई सतर्क रहने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande