
सोनारी (असम), 22 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार सोनारीका बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गर्ने क्रममा घोषणा गरे, बाढ़ीमा ज्यान गुमाउनेहरूका परिवारहरूलाई राज्य सरकारको पक्षबाट तत्काल चार लाख रुपियाँको अनुग्रह राशि प्रदान गरिनेछ। दोस्रो चरणमा अन्य सुविधाहरू पनि पीड़ित परिवारहरूलाई दिइनेछ।
मुख्यमन्त्रीले राहत कार्यहरूको समीक्षा गरेपछि मीडियासितको कुराकानीमा भने, जिल्ला प्रशासनको माध्यमबाट बाढ़ी प्रभावित मानिसहरूलाई यथासम्भव सहायता उपलब्ध गराइँदैछ। उनले बताए, केही गाउँहरूमा अहिले पनि राहत सामग्रीहरू पुऱ्याउन सकिएको छैन, किनभने ती गाउँहरूसम्म पुगने कुनै बाटो छैन।
उनले भने, दुर्गम क्षेत्रहरूमा हवाई मार्ग मार्फत राहत सामग्री पुऱ्याइरहेको भए पनि प्रत्येक प्रभावित व्यक्तिसम्म सोझै हवाई माध्यमबाट सहायता पुऱ्याउनु व्यवहारिक रूपमा चुनौतीपूर्ण हो।
मुख्यमन्त्रीले भरोसा दिलाए, राज्य सरकारले हरसम्भव प्रयास गरिरहेको छ ताकि सबै बाढ़ी प्रभावित परिवारहरूसम्म चाँड़ोभन्दा चाँड़ो राहत सामग्री पुऱ्याउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा