बेलदा-एक ग्राम पञ्चायतका नयाँ प्रधान भए भाजपाका दीपङ्कर गिरी
बेलदा-एक ग्राम पञ्चायतका नयाँ प्रधान भए भाजपाका दीपङ्कर गिरी


पश्चिम मेदिनीपुर, 22 जुलाई (हि.स.)। मेदिनीपुर जिल्लाको नारायणगढ़ खण्ड अन्तर्गत बेलदा-एक ग्राम पञ्चायतमा बुधवार नयाँ प्रधानको निर्वाचन सम्पन्न भयो। सर्वसम्मतिले भाजपा पञ्चायत सदस्य दीपङ्कर गिरीलाई ग्राम पञ्चायतको नयाँ प्रधान चयन गरियो।

जानकारी अनुसार पूर्व प्रधान मुक्ति षाड़ेश्वरीले गत 30 जूनका दिन व्यक्तिगत कारणले आफ्नो पदबाट राजीनामा दिएपछि खण्ड प्रशासनद्वारा नयाँ प्रधान निर्वाचन गर्नको लागि अधिसूचना जारी गरिएको थियो।

बुधवार प्रशासनिक अधिकारीहरूको उपस्थितिमा आयोजित बैठकमा तृणमूल कङ्ग्रेस र भाजपाका 14 जना पञ्चायत सदस्यहरू उपस्थित थिए। सबै सदस्यहरूले सर्वसम्मतिले दीपङ्कर गिरीको नामलाई समर्थन गरे जसपश्चात उनलाई बेलदा-एक ग्राम पञ्चायतको नयाँ प्रधान घोषणा गरियो।

उल्लेखनीय छ, 16 सदस्यीय यस ग्राम पञ्चायतमा वर्ष 2023- को पञ्चायत चुनाउमा तृणमूल कङ्ग्रेसले 13 तथा भाजपाले 3 वटा सीट जितेको थियो। यसै आधारमा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गरेको थियो।

प्रधानको पदभार ग्रहण गरेपछि दीपङ्कर गिरीले भने, उनको प्राथमिकता क्षेत्रका मानिसहरूको हितमा कार्य गर्नु अनि विकासमूलक कार्यहरूलाईगति दिनु हो। उनले आरोप लगाए, अहिलेसम्म यस पञ्चायत क्षेत्रमा विकासको तुलनामा राजनीति अधिक भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande