
कोलकाता, 22 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा बुधवार मनसुन पूर्ण रूपले सक्रिय हुने सम्भावना रहेको छ। मौसम विभागले उत्तर बङ्गालका केही जिल्लाहरूमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ भने दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनको साथमा पानी पर्ने सम्भावना व्यक्त गरिएको छ।
मौसम विभाग अनुसार दार्जीलिङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, कालेबुङ जस्ता जिल्लाहरूमा कतै-कतै अत्यधिक वर्षा हुनसक्छ। पार्वतीय क्षेत्रमा पैह्रो अनि नदी तटीय क्षेत्रहरूमा पानी भरिने आशङ्कालाई मध्यनजर गर्दै प्रशासनलाई सतर्क रहने सल्लाह दिइएको छ।
यता कोलकाता समेत दक्षिण बङ्गाला जिल्लाहरू क्रमैले उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, नदिया, मुर्शिदाबाद, हावड़ा अनि हुगलीमा बादल लागिरहनको साथै रोकिँदै पानी पर्ने अनुमान छ। केही स्थानहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।
राजधानी कोलकातामा अधिकतम तापमान 29-31 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 26 डिग्री सेल्सियस रहने सम्भावना छ। आद्रताको स्तर अधिक रहनाले बाफिन सक्छ। मौसम विशेषज्ञहरूको भनाइ छ, बङ्गालको खाड़ीबाट लगातार नमी आइरहेको कारणले आगामी केही दिनमसम्म राज्यमा वर्षाको श्रृङ्खला कायम रहनसक्छ।
मौसम विभागले मछुआरा तथा पर्वतीय क्षेत्रहरूमा बस्ने मानिसहरूलाई विशेष सतर्कता अप्नाउने सल्लाह दिएको छ। तल्लो क्षेत्रहरूमा पानी भरिएर यातायात प्रभावित हुने आशङ्का व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा