नगरपालिका भर्ती घोटाला : ईडीको रडारमा अब मदन मित्र, 29 जुलाईमा बोलाइयो
नगरपालिका भर्ती घोटाला : ईडीको रडारमा अब मदन मित्र, 29 जुलाईमा बोलाइयो


कोलकाता, 22 जुलाई (हि.स.)। पश्चिम बङ्गालको बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) ले तृणमूल कङ्ग्रेसका विधायक मदन मित्रलाई डाकेको छ।ईडीले उनलाई आगामी 29 जुलाईको बिहान 11 बजे जाँचबुझको लागि उपस्थित हुने निर्देश दिएको छ।

सूत्र अनुसार यसै सप्ताह ईडीले मदन मित्रकी पत्नी अर्चना मित्र औ उनका पुत्रद्वय स्वरूप मित्र तथा शुभरूप मित्रलाई पनि जाँचबुझ गर्नको लागि समन जारी गरेको छ। यसपूर्व नगरपालिका भर्ती घोटाला मामिलाको जाँच गर्ने क्रममा ईडीले मदन मित्राका धेरै वटा ठेगानाहरूमा खानतलासी गरिसकेको छ।

स्मरण गराइन्छ, नगरपालिका भर्ती घोटाला मामिलामा ईडीले जाँचको दायरलाई बढ़ाउँदै लगातार विभिन्न मानिसहरूसित जाँचबुझ गरिरहेको छ। मदन मित्र र उनको परिवारलाई पठाइएको समनलाई यसै जाँचको एक भाग मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande