बाढ़ी प्रभावित माथिल्लो असममा 24 जुलाईसम्म इमरजेन्सी मोबाइल रोमिङ्ग सुविधा लागू
बाढ़ी प्रभावित माथिल्लो असममा 24 जुलाईसम्म इमरजेन्सी मोबाइल रोमिङ्ग सुविधा लागू


गुवाहाटी, 22 जुलाई (हि.स.)। बाढ़ी प्रभावित माथिल्लो असमका मानिसहरूलाई निर्बाध सञ्चार सुविधा उपलब्ध गराउनका लागि केन्द्र सरकारले विशेष आपातकालीन दूरसञ्चार व्यवस्था लागू गरेको छ। यसान्तर्गत शिवसागर, चराइदेव औ जोरहाट जिल्लामा इन्ट्रा-सर्कल रोमिङ्ग (आईसीआर) सुविधालाई आगामी 24 जुलाई, 2026-सम्मको लागि सक्रिय बनाइदिएको छ।

दूरसञ्चार विभाग (डीओटी)- द्वारा शुर गरिएको यस व्यवस्था अन्तर्गत यदि कुनै उपभोक्ताको मोबाइल सेवा प्रदाताको नेटवर्क उपलब्ध छैन भने त्यहाँ रहेको अन्य कुनै पनि दूरसञ्चार कम्पनीको नेटवर्कलाई उपयोग गरन सक्नेछ। बाढ़ीको कारणले दूरसञ्चार ढाँचालाई नोक्सान पुगेको अवस्थामा यस पहलबाट सञ्चार सेवा बाधित हुने सम्भावना न्यून हुनेछ।

असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए)-ले प्रभावित जिल्लाहरूका मानिसहरूसित आवश्यकता परेको खण्डमा यस सुविधालाई उपयोग गर्ने अपील गरेको छ। प्राधिकरण अनुसार आपदाको घड़ीमा निर्बाध सञ्चार बचाउ एवं राहत कार्यको श्रेष्ठ समन्व तथा मानिसहरूसम्म समयमै आवश्यक जानकारी पऱ्याउनको लागि अत्यन्त महत्वपूर्ण छ।

एएसडीएमएले सहायताको लागि राज्य नियन्त्रण कक्षको नम्बर- 0361-2237219 औ 9401044617 जारी गरेका छन्। यस अतिरिक्त टोल-फ्री हेल्पलाइन 1070, 1079 औ 112 तथा जिल्ला नियन्त्रण कक्षको नम्बर 1077 र 112 पनि आपातकालीन सहायताका लागि सक्रिय छन्।

अधिकारीहरूको भनाइ छ, यस अस्थायी व्यवस्थाबाट बाढ़ी प्रभावित हजारौं मानिसहरूले सञ्चार सम्बन्धी समस्याहरूबाट राहत पाउनेछन् साथै राहत अनि बचाउ कार्यमा उत्कृष्ट समन्वय सुनिश्चित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande