करोल बागस्थित भवनमा आगो लाग्यो, दुई छात्रलाई सुरक्षित बचाइयो
करोल बागस्थित भवनमा आगो लाग्यो, दुई छात्रलाई सुरक्षित बचाइयो


नयाँ दिल्ली, 22 जुलाई (हि.स.)। करोल बाग थाना क्षेत्रमा अवस्थित एउटा भवनको माथिल्लो तलामा रहेको पीजीमा आज आगो लाग्यो। बचाउ कर्मीहरूले पीजीमा फसेका दुई जना छात्रहरूलाई सुरक्षित बाहिर निकाले। घटना हुँदा एकजना छात्रलाई सामान्य चोट लाग्यो। दमकल कर्मीहरूले आगोलाई नियन्त्रण गरिसकेका छन्।

पुलिसले बताए मुताविक करोल बाग पुलिस स्टेशनको अधिकार क्षेत्रभित्र पर्ने एउटा भवनमा आगो लाग्यो। भवनको माथिल्लो तलालाई पीजीको रूपमा उपयोग गरिरहेको छ भने तल्लो तलामा छालाको जुत्ता बनाउने एउटा सानो यूनिट सञ्चालन भइरहेको छ।

बचाउ अभियानको क्रममा पुलिस एवं दमकल विभागको समन्वयले आगोमा फसेका दुई जना विद्यार्थीहरूलाई सुरक्षित बाहिर निकालियो। दमकलकर्मीहरूले आगोलाई नियन्त्रण गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande