
कोलकाता, 22 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेसका सांसद कल्याण ब्यानर्जीले 21 जुलाईको शहीद दिवस कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीसित मञ्चमा भएको चर्काचर्की पश्चात बुधवार सार्वजनिक रूपमा आफ्नो अस्तुष्टि व्यक्त गरेका छन्। उनले भने, उनी ममता ब्यानर्जीलाई सम्मान गर्दछन् रउनको लागि हरेक त्याग गर्नका लागि तयार छन्, तर अब उनले पनि राजनीतिक वास्तविकतालाई बुझ्नुपर्छ।
कल्याण ब्यानर्जीले भने, म दिदीको लागि लड़्न तयार छु, तर दिदीले पनि वास्तविकता बुझ्नुपर्छ। म उनलाई माया र सम्मान गर्छु, उनको लागि सबै कुरा गर्नसक्छु, तर उनले आफूले जे चाह्यो त्यै हुन्छ भनेर सोच्छन् भने त्यस्तो चल्नेवाला छैन।यदि दिदीलाई अभिषेक र डेरेकले जे भन्छन्, त्यै हुन्छ भन्ने लाग्छ भने यो पनि सम्भव छैन।
उनले बताए, गए मङ्गलवार उनको भाषण अपरान्ह 12:50 बजे शुरू भएको थियो। भाषणको समयलाई लिएर मञ्चमा ममता ब्यानर्जीसित उनको भनाबैरी भयो जसपश्चात उनी कार्यक्रम छोड़ेर गए। उनको आरोप छ, कसैले ममता ब्यानर्जीलाई गलत जानकारी दिए कि उनले एक घण्टासम्म भाषण दिए जबकि यस्तो भएको थिएन। यस कुराले उनलाई आघात पुऱ्यायो।
यद्यपि कल्याण ब्यानर्जीले पार्टी छोड़्ने अड़कलहरूलाई खारेज गर्दै भने, उनले तृणमूल कङ्ग्रेसमा बसेरै भाजपाविरूद्ध लड़ाईँलाई जारी राख्नेछन्।उनले भने, म पार्टी किन छोड़्छु? भाजपाविरूद्ध लड़ाईँ म तृणमूलमै बसेर लड़्नेछु। आवश्यकता परे पार्टीभित्र आफ्नो कुरा पनि राख्नेछु।
उनले चेताउनी दिँंदै भने, यदि ममता ब्यानर्जीले धरातलीय वास्तविकतालाई बुझिनन् भने उनले निर्माण गरेको पार्टीलाई नोक्सान पुग्नसक्छ। कल्याण ब्यानर्जीले अभिषेक ब्यानर्जीलाई पनि लक्षित गरे। उनले भने,आफ्नो घर र कालीघाटसम्म मात्र सीमित रहेर राजनीति चल्दैन। जनताको माझमा जानुपर्छ, सङ्घर्ष गर्नुपर्छ। अण्डा पनि खानुपर्छ, लौरो पनि अनि गाली पनि खानुपर्छ। यो राजनीतिको अङ्ग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा