जुन दिन मालिकले पीएफको पैसा जम्मा गरिदिने छ, त्यस दिन अनशन स्वत: उठ्नेछ: युनियन
Longview tea garden dharna


खरसाङ, 22 जुलाई (हि.स.)। खरसाङको लङ्भ्यू चियाबारीमा चलिरहेको अनशनले 90 दिन प्रवेश गरेको छ। अनशन शुरु भएयता अहिलेसम्म 1 करोड 28 लाख रुपियाँ हाजिरा अनि वेतनको पैसा जम्मा गरिएको छ भने हिल प्लान्टेशन इम्प्लोइज युनियनले यसलाई आन्दोलनको जित ठहर गरेको छ।

युनियनले बताए अनुसार, पीएफको पैसा अहिलेसम्म 3 लाख 7 हजार रुपियाँ जम्मा गरिएको छ। अरु बकाया पीएफको पैसा भुक्तान गर्ने प्रक्रिया पीएफ अफिसले चलाइरहेको सिलगढी पीएफ अफिसले जनाएको छ। ७२ घण्टाको 13औं चरणको भोक हड्ताल आज समाप्त भयो भने 3 जनाको टोलीले आजदेखि 14औं चरणको ७२ घण्टे अनशन शुरु गरेका छन्। जुन दिन मालिक गोविन्द गर्गले पीएफको पैसा ईपीएफओ अफिसमा जम्मा गरिदिने छन्, सोही दिन अनशन स्वत: समाप्त हुनेछ।

लङभ्यू चिया बगानका श्रमिकहरूले १२ करोड रूपियॉं पीएफ, ८४ लाख रूपियॉं उपदान, २० लाख रूपियॉं एलटीए र बाँकी रहेको ज्याला र तलब सहितको भुक्तानीको माग गर्दै विरोध प्रदर्शन जारी छ। स्वास्थ्यकर्मीहरूले अनशनमा बसेका श्रमिकहरूको नियमित स्वास्थ्य जाँच गरिरहेका छन् भने आवश्यक उपचार पनि गरिरहेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande