
इम्फाल, 22 जुलाई (हि.स.)। सुरक्षा बलहरूले मणिपुरको थौबल जिल्लामा सञ्चालित एक अभियानमा प्रतिबन्धित प्रीपाक (प्रोग्रेसिव) गुटका एकजना सक्रिय क्याडरलाई पक्राउ गरेका छन्। पक्रा पर्ने व्यक्तिको पहिचान43 वर्षीय स्वयम्भू क्याप्टन लौरमबम कुमार मैतेई उपनाम कान्तो, उपनाम नाओबी, उपनाम अबुङ्गको रूपमा भएको छ जो इम्फाल वेस्ट जिल्लाको हाओबम मारक लौरक लिकाई निवासीको रूपमा भएको छ।
पुलिस अधिकारीहरूले आज बताएका छन्, यो अभियान गए 21 जुलाईको दिन थौबल जिल्लाको लिलोङ्ग पुलिस स्टेशन अन्तर्गत लिलोङ्ग आलिया लमखाई क्षेत्रमा सञ्चालन गरिएको थियो जसमा उग्रवादीलाई समातियो।
अभियानको क्रममा सुरक्षा कर्मीहरूले आरोपीबाट एउटा .32 क्यालिबरको पिस्तोल र एउटा म्यागजिन जफत गरे। हतियार सहित आरोपीलाई अग्रिम कानूनी कारबाहीको निम्ति सम्बन्धित विभागीय अधिकारीहरूलाई सु्म्पिइएको छ। सुरक्षा बलले राज्यभरि नै 'शान्तिको लागि हतियार छोड़ौं' पहल अन्तर्गत उग्रवाद-विरोधी औ अवैध हतियार विरोधी अभियानलाई तीव्र दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा