मन्त्री खुदीराम टुडूकी पत्नी मालती टुडू सड़क दुर्घटनामा घाइते
मन्त्री खुदीराम टुडूकी पत्नी मालती टुडू सड़क दुर्घटनामा घाइते


बर्धमान, 22 जुलाई (हि.स.)। जिल्लाको गलसीमा बुधवार बिहान भएको एक सड़क दुर्घटनामा राज्यका क्याबिनेट मन्त्री खुदीराम टुडूकी पत्नी मालती टु़डू घाइते भइन्। दिल्ली-कोलकाता राष्ट्रिय राजमार्ग-19 मा भएको यस दुर्घटनामा उनका कार चालक मङ्गल मुर्मू पनि घाइते भएका छन्।

स्थानीय सूत्र मुताविक मालती टुडू बिहान बर्धमानबाट बाँकुड़ास्थित आफ्नो घरमा फर्किरहेकी थिइन्। यसै क्रममा गलसी निकट सुरूल क्षेत्रको फ्लाइओभरमा यो दुर्घटना भयो। एउटा द्रूत गतिको ट्रकले नियन्त्रण गुमाएको कारणले एउटा भ्यानलाई ठक्कर दियो, त्यसपछि मन्त्रीकी पत्नीको कारसित गएर ठोक्कियो। यद्यपि चालक मङ्गल मुर्मूले बुद्धिमताको परिचय दिँदै ब्रेकर लगाएर ठूलो दुर्घटना हुनदेखि बचाए। घटनापछि पुलिसले सबै घाइतेहरूलाई बर्धमान मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरायो।

अस्पताल सूत्र अनुसार मालती टुडूको शिर र देब्रे हातमा चोट लागेको छ जसको सीटी स्क्यान गरिएको छ। चालक मङ्गलको हातमा चोट लागेको छ। प्राथमिक उपचारपछि मालती टुडूलाई छुट्टी दिइएको छ।

मालती टुडूले बताइन्, दुर्घटना हुँदा उनको कारको अगाड़ि अन्य कुनै वाहन थिएन जसले गर्दा चालकले समयमै ब्रेक लगाएर स्थितिलाई सम्हाले। मामिलाको जाँच भइरहेको छ। पूर्व बर्धमानकी पुलिस अधीक्षक पुष्पाले उक्त घटनाको पुष्टि गरेकी हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande