सिलगढ़ीमा पुलिसकर्मीको संदिग्ध अवस्थामा मृत्यु
सिलगढ़ीमा पुलिसकर्मीको संदिग्ध अवस्थामा मृत्यु


सिलगढ़ी, 22 जुलाई (हि. स.)। सिलगढ़ीमा एकजना पुलिसकर्मीको संदिग्ध अवस्थामा मृत्यु भएको बुधवार सवेरै थाहा लाग्यो। मृतकको पहिचान कृष्ण मोहन झाको रूपमा भएको छ जो इस्लामपुरमा कार्यरत थिए। घटना बितेको राती शहरको 47 नम्बर वार्डस्थित न्यू कलोनी क्षेत्रमा भएको हो।

परिवार अनुसार गए मङ्गलवार अबेर राती तीन बजे उनका छोरा बाथरूम गएका थिए जहाँ उसले आफ्नो पितालाई भुइँचमा अचेत अवस्थामा पाए।त्यसपछि परिवारका सदस्यहरू तथा छिमेकीहरूको सहयोगले उनलाई बाहिर निकालेर तुरून्तै प्रधाननगर थानाको पुलिसलाई सूचना दिइयो। उनलाई सिलगढ़ी जिल्ला अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

मृतककी पत्नीले यस मामिलालाई लिएर गम्भीर आरोप लगाएकी छन्। उनको भनाइ छ, यो कुनै सामान्य मृत्यु होइन, सुनियोजित हत्या हो। उनले बताइन्, उनका पति राती लगभग 11 बजे स्कुटी लिएर घरबाट निक्लेका थिए, उनीसित घरको चाबी पनि थियो। तर उनलाई बाथरूममा अचेत अवस्थामा भेटिँदा न त स्कुटी भेटियो, न त चाबी नै थियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande