रिषड़ा नगरपालिका बोर्ड भङ्ग, प्रशासक नियुक्त
रिषड़ा नगरपालिका बोर्ड भङ्ग, प्रशासक नियुक्त


हुगली, 22 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारको शहरी विकास विभागले मङ्गलवार हुगली जिल्लाको रिषड़ा नगरपालिकाको बोर्ड अफ काउन्सिलर्सलाई औपचारिक रूपमा भङ्ग गर्ने आदेश जारी गरेको छ। यसको साथै प्रशासनिक व्यवस्थालाई सुचारु रूपमा कायम राख्नको लागि श्रीरामपुर महकुमाका डिप्टी मेजिस्ट्रेट एवं डिप्टी कलेक्टर समीरण भट्टाचार्य (डब्ल्यूबीसीएस-कार्यकारी)-लाई तत्काल रिषड़ा नगरपालिकाको प्रशासक नियुक्त गरिएको छ।

विभागद्वारा जारी आदेश अनुसार पश्चिम बङ्गाल नगरपालिका अधिनियम, 1993- को धारा 431(2) अन्तर्गत रिषड़ा नगरपालिकाको बोर्डलाई भङ्ग गरिएको छ। आदेशमा भनिएको छ, बोर्ड भङ्ग भएपछि उत्पन्न प्रशासनिक शून्यतालाई भर्न तथा नागरिक सेवाहरूको सुचारु सञ्चालनलाई सुनिश्चित गर्नको लागि यो नियुक्ति गरिएको हो।

सरकारी आदेश मुताविक धारा 431(3)- का प्रावधानहरू अन्तर्गत समीरण भट्टाचार्यले नै नगरपालिकाका सबै अधिकार अनि दायित्वहरू निर्वहन गर्नेछन्। उनको नियुक्ति तत्काल प्रभावबाट अधिकतम 6 महिना अथवा नवनिर्वाचित बोर्डले कार्यभार ग्रहण नगरेसम्मको लागि गरिएको हो।

यो आदेश पश्चिम बङ्गालका राज्यपालको निर्देशमा जारी गरिएको हो भने शहरी विकास एवं नगर मामिला विभागका अतिरिक्त मुख्य सचिवले यसमा हस्ताक्षर गरेका छन्।

उल्लेखनीय छ, हालैमा रिषड़ा नगरपालिकाका केही पार्षदहरूले राजीनामा दिएपछि बोर्डको बहुमत समाप्त भएको थियो जसले गर्दा प्रशासनिक सङ्कट उत्पन्न भएको थियो। यसै पृष्ठभूमिमा राज्य सरकारले पहिला कारण बताऊ नोटिस जारी गरेको थियो भने अब नगरपालिका बोर्डलाई भङ्ग गरी प्रशासक नियुक्त गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande