
नाम्ची, 22 जुलाई (हि.स.)। नाम्ची जिल्लाको समरदुङ, झोलुङ्गेस्थित एनएचपीसी टिस्टा चरण-६ जलविद्युत् परियोजनाको सुरुङभित्र ठूलो परिमाणमा हिलो र पानी जमेकाले केही समयका लागि स्थगित गरिएको खोज तथा उद्धार कार्य आज पुनः शुरु गरिएको छ।
सुरुङभित्रको अवस्था क्रमशः सुधार हुँदै गएपछि राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), आसनसोल रेस्क्यु टोली तथा अन्य आपतकालीन उद्धार निकायहरूले पूर्ण तीव्रताका साथ उद्धार कार्य पुनः अघि बढाएका छन्।
नाम्ची जिल्लाको जिल्ला प्रशासनले दिउँसो २:४० बजीसम्मको पछिल्लो जानकारीअनुसार सुरुङभित्रबाट थप एक जनाको शव बरामद गरिएको बताएको छ। यससँगै दुर्घटनामा हालसम्म फेला परेका मृतकको संख्या १३ पुगेको छ।
उद्धार टोलीहरूले अत्यन्तै चुनौतीपूर्ण परिस्थितिका बीच सुरुङभित्र फसेका बाँकी व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तर तीव्र रूपमा अघि बढाइरहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल