
कोलकाता, 22 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेसको पार्टी फण्डसित सम्बन्धित मामिलामा प्रवर्तन निदेशालय (ईडी)-ले अब पार्टीका पूर्व राज्यसभा सांसद शुभाशिष चक्रवर्तीलाई बोलाएको छ। ईडी सूत्रानुसार यसै सप्ताहभित्रमा उनलाई सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालयमा उपस्थित हुन भनिएको छ। शुभाशिष वर्तमानमा तृणमूल कङ्ग्रेसका कोषाध्यक्ष हुन्। यस सम्बन्धमा शुभाशिषले भने, उनले यस विषयमा पार्टीसित चर्चा गर्नेछन्। ईडीसित पेशीको लागि थप समयको माग गरिनेछ।
उल्लेखनीय छ, गत 9 जूनको दिन विधायकहरूको हस्ताक्षर प्रकरणको जाँच गर्ने सिलसिलामा सीआईडीले तृणमूल सुप्रीमो ममता ब्यानर्जीको आवास संलग्न पार्टी कार्यालयमा छापामारी गरेको थियो। यस अवधि पुलिस र केन्द्रिय बलहरू पनि उपस्थित थिए।
यद्यपि शुरुमा सीआईडीको टीम कार्यालयभित्र प्रवेश गर्न सकेन। कार्यालयमाउपस्थितशुभाशिषसित लगभग एक घण्टासम्म बहस भएपछि जाँच अधिकारीहरू भित्र प्रवेश गरेका थिए। त्यसपछि दुई घण्टासम्म कार्यालयमा खानतलासी गरियो।
यसपूर्व तृणमूल कङ्ग्रेसको पार्टी फण्डसित जोड़िएको मामिलामा निजी विमानन कम्पनी केयरवेलका निदेशकद्वय पवन जाजू र रमेश जाजूलाई पनि ईडीले डाकेको थियो। दुवैको बयान दर्ता गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा