
सिलगढ़ी, 22 जुलाई (हि. स.)। शहरको आश्रमपाड़ा क्षेत्रमा बुधवार बिहान भएको एक सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो। मृतकको पहिचान सनी घोषको रूपमा भएको छ जो सिलगढ़ी नगरनिगमको वार्ड नम्बर 12 का बासिन्दा थिए।
जानकारी अनुसार सनी घोष बिहान आफ्नो स्कुटी मार्फत आफ्नी पत्नीसित भेट गर्नका लागि ससुरालीमा गइरहेका थिए। यसै अवधि आश्रमपाड़ा भएर जांदै गर्दा तिनको स्कुटी अचानक अनियन्त्रित भएर सड़क किनारमा बिजुलीको खम्बासित ठोक्कियो। यस घटनामा तिनी गम्भीर रूपमा घाइते भए जसलाई हतार-हतार सिलगढ़ी जिल्ला अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको सूचना पाएर परिवारजन अस्पतालमा पुगे। छोराको मृत्यु भएको खबर सुनेर परिवार शोकमा डुबेको छ।
मृतकका पिताले बताए, सनीको वैवाहिक जीवन लामो समयदेखिकै तनाउपूर्ण च लिरहेको थियो। यसै सिलसिलामा उ बिहान ससुराली गएको थियो। उसको अचानक मृत्युको खबरले परिवार, साथी-सङ्गी एवं आफन्तहरू शोकमा डुबेका छन्। पुलिसले दुर्घटनाग्रस्त स्कुटीलाई कब्जामा लिएर मामिलाको जाँच गर्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा