
गान्तोक, 22 जुलाई (हि.स.)। दक्षिण सिक्किमस्थित एनएचपीसीको टिस्टा चरण-6 जलविद्युत परियोजनाको निर्माणाधीन हेड रेस टनल (एचआरटी) मा भएको दुर्घटनापछि उद्धार अभियान जारी रहेको छ। टनलमा 25 जना फॅंसेका थिए, जसमध्ये बुधवारसम्म 13 जनाको शव भेटिएका छन्। एनएचपीसीले मृतकका निकटतम परिजनलाई पॉंच लाख रूपियॉं अनुग्रह राशि प्रदान गर्ने बताएको छ।
एनएचपीसीले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, बचाउ अभियान निरन्तर जारी छ। यस अभियानमा जिल्ला प्रशासन, एनडीआरएफ, एसडीआरएफ, एनएचपीसी, पटेल इन्जिनियरिङ, इस्टर्न कोलफील्ड्स लिमिटेड, वेस्टर्न कोलफील्ड्स लिमिटेड र अन्य सम्बन्धित निकायहरू संलग्न छन्।
एनएचपीसीले भनेको छ, टनलमा फॅंसेका 25 जना मध्ये 13 जनाको शव भेटएका छन्। शेष कर्मीहरूको चॉंडो पत्ता लगाएर बाहिर निकाल्ने प्रयास निरन्तर जारी छ। एनएचपीसीका शीर्ष प्रबन्धन घटनास्थलमा उपस्थित छन् र बचाउ कार्यहरूमा निरन्तर निगरानी र समन्वय गरिरहेको छ। एनएचपीसीले शोक सन्तप्त परिवारप्रति आफ्नो संवेदना व्यक्त गर्दै मृतकहरूका निकटम परिजनलाई 5 लाख अनुग्रह राशि प्रदान गर्ने बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल