समरदुङ सुरुङ त्रासदी: मिथेन ग्यासको सम्पर्कमा आएपछि निसासिएर मृत्यु भएको आशंका
समरदुङ सुरुङ त्रासदी: मिथेन ग्यासको सम्पर्कमा आएपछि निसासिएर मृत्यु भएको आशंका


गान्तोक, 22 जुलाई (हि.स.)। नाम्ची जिल्लाको समरदुङ सुरुङ त्रासदीका चार जना मृतकको शव पोस्टमार्टम र पहिचानका लागि एसटीएनएम अस्पताल ल्याइएको छ। चार जना मध्ये एक मृतकको पहिचान भएको छ। उक्त जानकारी एसटीएनएम अस्पतालका अतिरिक्त चिकित्सा अधीक्षक डा. सुरेश मदन रसाइलीले दिएका हुन्।

डा. रसाइलीले मिडियाकर्मीहरूलाई सम्बोधन गर्दै समरदुङ सुरुङ त्रासदीका चार जना मृतकको शव पोस्टमार्टम र पहिचानका लागि एसटीएनएम अस्पताल ल्याइएको बताए। उनले पोस्टमार्टमपछि चारमध्ये एक मृतकको पहिचान गरिएको जानकारी गराए। बॉंकी तीन जनाको पहिचानको प्रक्रिया जारी रहेको र उनीहरूका परिवारको आगमनको प्रतीक्षा रहेको उनले बताए। उनीहरूको पहिचान हुन नसकेको खण्डमा डीएनएको आवश्यकता पर्ने सक्ने उनले अवगत गराए।

डा. रसाइलीले प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा मृतकहरू मिथेन ग्यासको सम्पर्कमा आएको र निसासिएर मृत्यु भएको हुन सक्ने तथ्य खुलेको बताए। उनले मिथेन ग्यासको सम्पर्कमा आएपछि धेरै बेर जीवित रहन नसक्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande