
गुवाहाटी, 22 जुलाई (हि.स.)। असमका संसदीय कार्य मन्त्री पीयूष हजारिकाले बुधवार विधानसभामा राज्यमा बाढ़ीको स्थितिमाथि आधिकारिक वक्तव्य दिँदै भने, सरकार सामान्य आपदाको सामना गर्नको लागि सदैव तयार रहन्छ, तर माथिल्लो असममा आएको बाढ़ीको स्थिति पूर्ण रूपले अप्रत्याशित थियो जसकारण सरकार अनि प्रशासनले पूर्व तयारीको लागि पर्याप्त समय नै पाएन।
उनले बताए, माथिल्लो असममा बाढ़ी आएको सूचना पाउनसाथ नयाँ दिल्लीमा रहेका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले चराइदेव, शिवसागर औ जोरहाटका संरक्षक मन्त्रीहरूलाई तत्काल प्रभावित क्षेत्रहरूको दौड़ाह गर्ने निर्देश दिए।
हजारिकाले भने, केही घण्टाभित्रै सम्बन्धित मन्त्रीहरूले प्रभावित जिल्लाहरूमा पुगेर जिल्ला प्रशासनसित मिली राहत अनि बचाउ कार्य शुरू गरे। उनले विधानसभालाई आश्वस्त पारे, राज्य सरकार बाढ़ी प्रभावित प्रत्येक परिवारलाई हरसम्भव सहायता उपलब्ध गराउनको लागि प्रतिबद्ध छ तथा राहत अनि पुनर्वास कार्य युद्धस्तरमा भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा