तीनधारेमा भाजपा नारी मोर्चाको सभा अनि बुथ स्तरीय कमिटी गठन
तीनधारेमा भाजपा नारी मोर्चाको सभा अनि बुथ स्तरीय कमिटी गठन


खरसाङ, 22 जुलाई (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारेको राजबारीस्थित जनसेवा संघमा भारतीय जनता पार्टी नारी मोर्चाको कमिटी गठन गरिएको छ। कमिटी गठनलाई लिएर आयोजित सभाको अध्यक्षता तीनधारे महानदी मण्डलकी नारी मोर्चा सभापति सुनिता खातीले गरेकी थिइन्।

सभामा नारी मोर्चाको तीनधारे महानदी मण्डलका उपाध्यक्ष सपना राई, सह सचिव रमिला राई लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। सभामा भारतीय जनता पार्टी नारी मोर्चाको 252 बुथ स्तरीय कमिटी गठन गरियो। कमिटीमा सभापति सबिता बरदेवा, उपाध्यक्ष मेनुका शर्मा र सकुन प्रधान विश्वकर्मा, सचिव सुजता लामा, सह सचिव लिला माझी र सरला राई बम्जन, कोषाध्यक्ष बिमला दर्जी चयन भएका छन्।

सभामा वक्ताहरुले तीनधारे महानदी मण्डलका विभिन्न बुथहरुमा भारतीय जनता पार्टीको नारी मोर्चालाई सशक्त र सक्रिय बनाएर लाने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande