
कुचबिहार, 22 जुलाई (हि. स.)। राज्यको राजनीतिमा फेरि एक पटक खैलाबैला मचिएको छ। तृणमूल कङ्ग्रेसका पूर्व कुचबिहार जिल्लाध्यक्ष एवं शहरको वार्ड नम्बर 16-का पार्षद अभिजीत दे भौमिकलाई पुलिसले पक्राउ गरेको छ।
कोतवाली थानामा दर्ता एक मामिलाको आधारमा पुलिसले बुधवार यो कारबाही गर्यो। उनलाई अचानक पक्राउ गरिएको घटनाले सम्पूर्ण कुचबिहारको राजनीतिक हावा तातिएको छ।
सूत्र अनुसार अभिजीत दे भौमिकलाई बागडोगरा एयरपोर्टबाट पक्राउ गरिएको हो। त्यसपछि उनलाई तत्कालै कोतवाली थानामा लगियो। तथापि उनको पक्राउ कुन आरोपमा गरिएको हो, पुलिसले यो समाचार लेखुञ्जेलसम्म स्पष्ट जानकारी दिएको छैन।
पुलिसले गोपनीयता राखेको कारणले यस ममिलालाई लिएर विभिन्न किसिमको अड़कलबाजी शुरू भएको छ। भनिन्छ, पक्राउदेखि बच्नका लागि उनले जलपाईगुड़ी सर्किट बेञ्चमा अग्रिम जमानतको याचिका पनि दर्ता गरेका थिए, तर उनले राहत पाएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा