बाढ़ीको कारणले 55 जना बेपत्ता तथा 2 हजारभन्दा अधिक पशुहरूको मृत्यु भएको छ: नाजिरा विधायक
बाढ़ीको कारणले 55 जना बेपत्ता तथा 2 हजारभन्दा अधिक पशुहरूको मृत्यु भएको छ: नाजिरा विधायक


गुवाहाटी, 23 जुलाई (हि.स.)। नाजिराका विधायक मयूर बरगोहाईंले बताए, बाढ़ीले यस क्षेत्रमा व्यापक क्षति पुऱ्याएको छ। अहिलेसम्ममा बाढ़ीको कारणले 55 जना मानिसहरू बेपत्ता भइसकेका छन् भने 2 हजारभन्दा अधिक पशुहरूको मृत्यु भइसकेको छ।

उनले बताए, बाढ़ीको कारणले लगभग 200 पक्का सड़कहरू पूर्ण रूपले क्षतिग्रस्त भएका छन्। बिहुबर क्षेत्रका सड़कहरूमा आठ फुटसम्मको लेदो जाम भएको छ जसबाट आवागमन तथा राहत कार्य पूर्णले प्रभावित भएको छ। विधायकले भने, प्रशासनले प्रभावित क्षेत्रहरूमा राहत अनि बचाउ कार्यहरू जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande