आसनसोलमा हुने जामको समस्याको स्थायी समाधान गर्ने पहल
आसनसोलमा हुने जामको समस्याको स्थायी समाधान गर्ने पहल


पश्चिम बर्दवान, 23 जुलाई (हि. स.)। आसनसोल शहरदेखि बर्नपुरसम्म वर्षौंदेखिको हुँदै आइरहेको भयानक ट्राफिक जामको समस्याको स्थायी समाधान गर्नको लागि आसनसोल दक्षिणकी विधायक एवं राज्यकी शहरी विकास एवं नगर विकास मन्त्री अग्निमित्रा पालले महत्वपूर्ण पहल गरेकी छन्। उनले कालीपहाड़ीदेखि बर्नपुरको दामोदर क्षेत्रसम्म फ्लाइओभर निर्माण गर्ने मागमा राज्यका लोक निर्माण एवं जनस्वास्थ्य अभियन्त्रण मन्त्री डा.अजय पोद्दरलाई पत्र सुम्पिएकी छन्।

बुधवार अग्निमित्रा पालले डा. अजय पोद्दारसित भेट गरी क्षेत्रमा लामो समयदेखिको व्याप्त ट्राफिक जामको समस्या बारे अवगत गराइन्। उनले जनहितलाई मध्यनजर गर्दै यस महत्वपूर्ण मार्गमा चाँड़ै फ्लाइओभर निर्माण गर्ने दिशामा आवश्यक कदम उठाउने अनुरोध गरिन्।

पत्रमा उल्लेख गरिएको छ, कालीपहाड़ीदेखि दामोदरसम्मको यो मार्ग आसनसोल र बर्नपुरबीचको प्रमुख सम्पर्क मार्ग हो जहाँ प्रतिदिन हजारौं आम नागरिक, कार्यालय जाने कर्मचारी, छात्र-छात्राहरू तथा भारी मालवाहक वाहनहरू आवागमन गर्दछन्। लगातार बढ़्दो यातायातको कारणले अधिकांश समय सड़कमा लामो जाम रहन्छ जसबाट मानिसहरूलाई ठूलो असुविधा हुन्छ।

अग्निमित्रा पालले भनिन्, यदि यस मार्गमा फ्लाइओभर निर्माण भए ट्राफिक जामबाट राहत पाउनको साथै मानिसहरूको यात्रा अधिक सुरक्षित, तीव्र अनि सुविधाजनक हुनेछ। उनले आशा व्यक्त गरिन्, डा. अजय पोद्दारले यस प्रस्तावको महत्वलाई बुझेर शीघ्र आवश्यक कारबाही गर्नेछन्।

यस पहलबाट आसनसोल र बर्नपुर क्षेत्रका मानिसहरूमा नयाँ आशा जागेको छ। स्थानीयहरूको मान्यता छ, फ्लाइओभर बनियो भने वर्षौं पुरानो जामको समस्या केही हदसम्म समाप्त हुनेछ अनि सम्पूर्ण क्षेत्रको यातायात व्यवस्थामा उल्लेखनीय सुधार आउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande