अखिल गोगोई विधानसभाबाट दिनभरिका लागि निलम्बित
अखिल गोगोई विधानसभाबाट दिनभरिका लागि निलम्बित


गुवाहाटी, 23 जुलाई (हि.स.)। असम विधानसभामा भइरहेको कारबाही अवधि निर्दलीय विधायक अखिल गोगोईलाई दिनभरिका लागि सदनबाट निलम्बन गरियो।

अखिल गोगोईले माथिल्लो असममा आएको बाढ़ीसित सम्बन्धित आफ्नो कुरा राख्नका लागि अध्यक्ष रञ्जीत दाससित दुई मिनटको समयम मागेका थिए। अध्यक्षले उनलाई दुई मिनटसम्म बोल्ने समय पनि दिए। तर समय बितिसकेर पनि लामो समयसम्म तथा अध्यक्षले बारम्बार आग्रह गरे पनि उनले बोल्न छोड़ेनन्। उनले सदनमा स्थगन प्रस्ताव पेश गरे।उनको प्रस्तावलाई स्वीकार नगरिएको कारणले उनले रड़ाँको मचाए। त्यसपछि उनलाई दिनभरिको लागि निलम्बन गरिदियो।

सदनबाट बाहिरिएपछि अखिल गोगोईले आफ्नो असन्तुष्टि व्यक्त गर्दै यस किसिमको कारबाहीको कड़ा आलोचना गरे।

उल्लेखनीय छ, एकातिर बाढ़ी प्रभावित क्षेत्रका अन्य विधायकहरू आ-आफ्नो क्षेत्रमा दिनरात राहत अनि बचाउ कार्यमा जुटिरहेका छन् भने अर्कोतिर सर्वाधिक प्रभावित क्षेत्र शिवसागरका विधायक अखिल गोगोई विधानसभाको कारबाहीमा भाग लिनका लागि गुवाहाटीमा छन्। मानिसहरू बाढ़ीमा डुबिरहेका छन्, तर उनीहरूका विधायक अखिल गोगोईले यस्तो स्थितिमा पनि राजनीति गर्न छाड़ेका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande