नागाल्याण्डमा बादल फाटेको घटनाको वैज्ञानिक अध्ययन गर्नुपर्छ: मुख्यमन्त्री
नागाल्याण्डमा बादल फाटेको घटनाको वैज्ञानिक अध्ययन गर्नुपर्छ: मुख्यमन्त्री


गुवाहाटी, 23 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, नागाल्याण्डमा भएको बादल फाटेको घटनाको प्रभाव तथा त्यसबाट उत्पन्न समग्र स्थितिको वैज्ञानिक विश्लेषण गरिनेछ। मुख्यमन्त्रीले बितेको राती जोरहाटमा भत्किएको बाँधको निरीक्षण गरेपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।

उनले बताए, बाढ़ीको स्थिति सामान्य भएपछि उपग्रह चित्रहरूको माध्यमबाट सम्पूर्ण प्रभावित क्षेत्रको अध्ययन गरिनेछ ताकि घटनाको वास्तविक कारण पत्तो लगाउन सकियोस्। मुख्यमन्त्रीले भने, यस वैज्ञानिक अध्ययनबाट आपदाको कारण र त्यसको प्रभावको सही मूल्याङ्कन गर्नमा सहयोग मिल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande