
गुवाहाटी, 23 जुलाई (हि.स.)। असम प्रदेश कङ्ग्रेस कमेटी (एपीसीसी)- का अध्यक्ष गौरव गोगोईले बिहिवार राज्य सरकारमाथि बाढ़ी प्रभावित मानिसहरूलाई आपतकालीन राहत पुऱ्याउनमा अत्यन्त विलम्ब गरेको आरोप लगाए। उनले भने, राशन, स्वच्छ पिउने पानी तथा सर-सफाईको सामान जस्ता आवश्यक वस्तुहरू समेत समयमा मानिसहरूसम्म पुगिरहेको छैन।
बाढ़ीलाई ठूलो मानवीय सङ्कट बताउँदै गोगोईले सरकारसित ज्यान गुमाउनेहरूको सही ब्यौरा दिने अनि अलिकति पनि विलम्ब नगरी प्रत्येक प्रभावित परिवारलाई राहत पुऱ्याउने अपील गरे।
गोगोईले सोशल मीडिया 'एक्स'- मा एउटा पोस्ट साझा गरी भने, आजसम्ममा 41 जना मानिसहरूको मृत्यु भइसकेको छ भने धेरै जना बेपत्ता भएका छन्। हजारौं मानिसहरू बेघर भएका छन् भने लाखौं मानिसहरूले सम्मानजनक जीवन जिउन पाइरहेका छैनन्।
उनले आरोप लगाए, प्रभावित मानिसहरूलाई आपातकालीन राशन, पिउने स्वच्छ पानी, फिनाइल, कपड़ा औ ब्लीचिङ्ग पाउडर वितरण गर्नमा धेरै ढिलो भएको छ। लोकसभामा विपक्षका उपनेता तथा कङ्ग्रेस नेताले बताए, उनले पछिल्लो केही दिनभित्रमा सबैभन्दा प्रभावित जिल्लाहरू क्रमैले जोरहाट, शिवसागर औ चराइदेवको दौड़ाह गरे जहाँ उनले नुकसानको मात्रा औ स्थानीय प्रशासनद्वारा दिइने सहयोगको अभावलाई स्वयं देखे।
उनले भने, राज्य सरकारले तुरून्त यो बताउनुपर्छ कि कति जना मानिसहरूको मृत्यु भएको छ अनि ढिलो नगरी हरेक प्रभावित घरसम्म राहत पुऱ्याइयोस्। गोगोईले केन्द्र सरकारसित तकनिकी विशेषज्ञहरूको टीम पठाउने अपील पनि गरे जसले मानिसहरूको क्षतिग्रस्त घरलाई फेरि बनाउन अनि बाढ़ीबाट बाधित खेतीको कामलाई पुनः शुरू गर्नमा सहयोग गरोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा