
बलिया, 23 जुलाई (हि.स.)। उत्तर प्रदेशको बलिया जिल्लामा बाँसडिह रोड थाना अन्तर्गत बिहीवार बिहान खेतमा काम गर्न गएका पिता-पुत्रको हाइटेन्शन (एचटी) लाइनको तारको चपेटमा परी पीड़ादायी मृत्यु भयो। ग्रामीणहरूले बिजुली विभागमाथि लापरवाही गरेको आरोप लगाउँदै सड़क जाम गरिदिए। सूचना पाएर ठूलो सङ्ख्यामा घटनास्थलमा पुगेको पुलिस फोर्सले स्थितिलाई नियन्त्रण गऱ्यो।
जानकारी मुताविक सहपुरवा गाउँ निवासी जनार्दन यादव (५८) आफ्नो एकमात्र पुत्र राजेश यादव (२४)-सित आज बिहान खेतमा गएका थिए जहाँ बिजुलीको एघार हजार बोल्टको हाइटेन्शन तार चुँड़िएर झरेको थियो। खेतमा झरेको तारको चपेटमा राजेश यादव परेपछि पुत्रलाई बचाउन गएका पिता जनार्दन यादव पनि त्यसको चपेटमा परे।फलस्वरूप दुवैको मृत्यु भयो। भनिन्छ, मृतक राजेशले पुलिस एसआईको परीक्षा उतीर्ण गरेका थिए। घटनाको खबर फैलिनसाथ सम्पूर्ण गाउँ आक्रोशित भयो जसले विरोधस्वरूप सड़क जाम गरिदियो।
घटनाको खबर पाउनसाथ विधायक प्रतिनिधि विश्राम सिंह तत्काल घटनास्थलमा पुगे। प्रशासनिक अधिकारीहरूलाई पनि बोलाइयो। खण्ड विकास अधिकारी बाँसडिह नितिन सिंह अनि थानाध्यक्ष बाँसडिह रोड घटनास्थलमा पुगे। विधायक प्रतिनिधिले भने, विद्युत विभागका अधिकारीहरूलाई दोषी पाइएको खण्डमा छोड़िनेछैन। घटनास्थलमा पुगेकी विधायक केतकी सिहंले घटनाप्रति कड़ा आक्रोश व्यक्त गर्दै प्राथमिकी दर्ता गर्ने निर्देश दिइन्। साथै घटनाको सूचना विद्युत विभागका ऊर्जा मन्त्री एके शर्मा सहित बिजुली विभागका आलाधिकारीहरूलाई दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा