
फाँसीदेवा, 23 जुलाई(हि.स.)। भारत-बङ्गलादेश सीमामा एक पटक फेरि एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्रा पर्ने युवकको पहिचान सैफुद्दीन अपूर्वको रूपमा भएको छ जो बङ्गलादेशको नोआखाली निवासी रहेको बताइएको छ। जानकारी अनुसार गए बुधवार राती सिलगढ़ी महकुमाको फाँसीदेवास्थित धनिया मोड़मा स्थानीय मानिसहरूले एकजना संदिग्ध युवकलाई घुम्दै गरेको देखेपछि उसलाई समातेर पुलिसलाई सुम्पिदिए। जाँचबुझ पश्चात पुलिसले उसलाई पक्राउ गऱ्यो।
पुलिस सूत्र अनुसार आरोपी मेघालय सीमानाबाट अवैध रूपमा भारतमा छिरेको थियो। त्यसपछि कोलकाता हुँदै फाँसीदेवा आइपुगेको थियो। उसित कुनै वैध दस्तावेज नभएको कारणले उसलाई अवैध घुसपैठको आरोपमा पक्राउ गरियो। आरोपीलाई बिहीवार सिलगढ़ी अदालतमा पेश गरियो।
प्रारम्भिक जाँचबुझमा उसले बतायो, उ बङ्गलादेशमा अवामी लीगको समर्थनमा विरोध प्रदर्शनमा सामेल भएको कारणले पक्रा परेको थियो, त्यसैले उ आफ्नो ज्यान बचाउनको लागि भारतमा आएको हो। तथापि पुलिसले यस कुराको पनि जाँच गरिरहेको छ कि उ आफ्नो ज्यान बचाउनको लागि मात्र भारतमा आएको थियो वा यसको पछाड़ि अन्य कुनै उद्देश्य पनि थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा