तृणमूलको सभामा उच्च अदालतको निर्देशलाई अदेखा गरेको आरोप, पुलिसले दर्ता गऱ्यो मामिला
तृणमूलको सभामा उच्च अदालतको निर्देशलाई अदेखा गरेको आरोप, पुलिसले दर्ता गऱ्यो मामिला


कोलकाता, 23 जुलाई (हि.स.)। बितेको 21 जुलाईको दिन भएको राजनीतिक आयोजनमा कलकत्ता उच्च अदालतद्वारा निर्धारित शर्तहरूलाई पालन नगरिएको आरोपमा पुलिसले स्वतः संज्ञान लिंदै ममता ब्यानर्जी नेतृत्वाधिन तृणमूल कङ्ग्रेस विरूद्व मामिला दर्ता गरेको छ। यस सम्बन्धमा कोलकाताको हेस्टिङ्ग्स थानाका एकजना सब-इन्स्पेक्टर (एसआई)-को लिखित सिकायतको आधारमा मामिला दर्ता गरिएको छ।

बिहीवार पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार उच्च अदालतले तारामण्डल अगाड़िको क्याथड्रेल रोडमा कालीघाट तृणमूललाई सभा आयोजना गर्ने अनुमति दिएको थियो। अदालतले स्पष्ट निर्देश दिएको थियो, सड़कको एउटा लेनमा मात्र सभा आयोजना गर्न सकिनेछ। दोस्रो लेनलाई पूर्ण रूपले यातायातको लागि खुला राख्नुपर्छ ताकि जामको स्थिति उत्पन्न नहोस्। पुलिस सूत्र अनुसार सभा अवधि पूर्वी लेनसँगसँगै पश्चिमी लेनमा पनि मानिसहरूको भीड़ थुप्रियो। ठूलो सङ्ख्यामा कार्यकर्ता तथा समर्थकहरू दोस्रो लेनमा उभिएका कारणले यातायात बाधित भयो।

पुलिस अनुसार व्यापक ट्राफिक जामदेखि बच्नको लागि भिक्टोरिया मेमोरियलको अगाड़िबाट अन्य वाहनहरूको मार्ग परिवर्तन गर्नुपऱ्यो जसबाट शहरको दोस्रो भागहरूमा पनि जामको स्थिति उत्पन्न भयो। पुलिसको दाबी छ, अदालतले स्पष्ट निर्देश दिएको भए पनि सभाका आयोजकहरूले सुनियोजित ढङ्गमा त्यसलाई उल्लङ्घन गऱ्यो। यसलाई पुलिसले सोझै रूपमा अदालतको अवमानना मानेको छ।

सभाका आयोजकहरू तथा कालीघाट तृणमूलका पदाधिकारीहरूविरूद्ध सड़क जाम गरेको तथा कानूनी निर्देशको अवहेलना गरेको आरोपमा विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले जाँच शुरू गरेको छ भने आरोपीहरूलाई चिन्हित गर्ने प्रक्रिया पनि आरम्भ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande