
हैदराबाद, 23 जुलाई (हि.स.)। कन्सटेबलले हैदराबादको तेलङ्गाना डीजीपी कार्यालयमा गोली हानेर आत्महत्या गरेका छन्। शव नजिकै एउटा सुसाइड नोट फेला परेको छ।
हैदराबाद पुलिस अनुसार, तेलङ्गाना डीजीपी कार्यालयमा कार्यरत पुलिस कन्स्टेबलले आफ्नो सर्भिस रिभल्भरले आफैलाई गोली हानेर आत्महत्या गरेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार, घटना बिहिवार बिहान 5ः30 बजीतिर परिसरको शौचालयभित्र भएको हो। मृतक पुलिसकर्मी स्वामीको रूपमा पहिचान गरिएको छ, जो हैदराबादको डीजीपी कार्यालयमा ड्युटीमा थिए।
घटनास्थलबाट उनले लेखेको सुसाइड नोट पनि जफत भएको छ। हस्तलिखित नोटमा स्वामीले कथित रूपमा आफ्नी पत्नी र बच्चाहरूलाई आफ्नो कार्यका लागि दोष नदिन अनुरोध गरेका छन्। उनीहरू असल मानिस हुन् भनेर उनले लेखेका छन्।
पुलिसले मुद्दा दर्ता गरी मृतकको शव पोस्टमार्टमका लागि पठाएको छ। आत्महत्याको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी