डीयू तथा योसित सम्बन्धित कलेजहरूमा महिला सुरक्षाको निम्ति सीसीटीभी जड़ान गर्ने माग
डीयू तथा योसित सम्बन्धित कलेजहरूमा महिला सुरक्षाको निम्ति सीसीटीभी जड़ान गर्ने माग


नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू) मा आगामी 28 जुलाईदेखि शुरू हुने शैक्षिक सत्र 2026-27 अगावै महिला छात्रा अनि शिक्षिकाहरूको सुरक्षालाई लिएर फोरम अफ एकेडेमिक्स फर सोशल जस्टिस (शिक्षक सङ्गठन) ले विश्वविद्यालय प्रशासनसित सुरक्षा प्रबन्ध गर्ने माग गऱ्यो।

सङ्गठनले कुलपति प्रो. योगेश सिंहलाई पत्राचार गरी नर्थ क्याम्पस, साउथ क्याम्पस तथा डीयूसित सम्बद्ध कलेजों अनि शिक्षण संस्थानहरूको वरिपरी सीसीटीभी क्यामरा जड़ान गर्ने, महिला पुलिसलाई तैनाथ गर्ने तथा ओरिएन्टेशन कार्यक्रममा विशेष सुरक्षा व्यवस्था सुनिश्चित गर्ने अपील गऱ्यो।

फोरमका अध्यक्ष प्रो. हंसराज सुमनले भने, देशभरि भइहेका विभिन्न आन्दोलन तथा महिलाहरूविरूद्ध बढ़्दो अपराधहरूलाई मध्यनजर गर्दै विश्वविद्यालय परिसरमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउनु समयको आवश्यकता हो। उनले भने, आगामी 28 जुलाईमा नयाँ विद्यार्थीहरूको ओरिएन्टेशन कार्यक्रम अवधि कलेज बाहिर महिला पुलिस तथा महिला सुरक्षा गार्डलाी तैनाथ गरिनुपर्छ तथा सम्पूर्ण परिसरको सीसीटीभी क्यामराबाट निगरानी हुनुपर्छ।

प्रो. सुमनले बताए, विश्वविद्यालयले पहिला पनि सांस्कृतिक कार्यक्रम औ उत्सवहरू हुँदा महिला शौचालय एवं ग्रीन रूमको बाहिर सीसीटीभी क्यामरा जड़ान गर्ने निर्देश दिएको थियो। यसरी नै नियमित रूपमा सुरक्षा व्यवस्थालाई सुदृढ़ बनाउनुपर्छ ताकि कुनै पनि अप्रिय घटनालाई रोक्न सकियोस्।

फोरमले भन्यो, पछिल्लो वर्ष क्लस्टर कक्षाहरूमा केही छात्राहरूलाई अबेर राती घर फर्किनुपरेको थियो जसबाट अभिभावकहरूमा पनि सुरक्षालाईलिएर चिन्ता भइरहन्थ्यो। यस्तो अवस्थामा विश्वविद्यालयले समबद्ध कक्षा तथा पर्याप्त सुरक्षा व्यवस्थामाथि गम्भीर रूपमा विचार गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande