
सोनादा, 23 जुलाई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिले सुखे खण्ड विकास कार्यालय अन्तर्गत गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायत कार्यालयका सम्बन्धित विभागीय प्रभारीलाई ज्ञापन पत्र चढ़ाएको छ। पार्टीले गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायतका पञ्चायत प्रधान, उप प्रधान, कार्यकारी सहायक, सचिवसित सौहादपपूर्ण भेट गरेर ज्ञापन पत्र बुझाएको छ।
ज्ञापन पत्रमा प्रधानमन्त्री आवास योजनाको प्रावधान अनुरुप गरीब जनतालाई लाभ प्रदान गरिनुपर्ने, केन्द्र अनि राज्य सरकारका योजनहरू प्रत्येक गाउँ अनि ग्रामवासीमा पारदर्शिताका साथमा लागू गरिनुपर्ने र तीन सालदेखि भएका योजनाहरुको विवरण प्रदान गर्नुपर्ने माग गरिएको छ।
पार्टीले वार्षिक संसद सभा र ग्राम सभाबारे वार्डका ग्रामवासी अनि प्रतिनिधिहरुलाई जानकारी हुनुपर्छ माग गरिएको छ। प्रतिनिधिमण्डलको अगुवाई गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टि सभापति शंकर तामाङले गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक