असममा आगामी 26 जुलाईसम्म घना वर्षाको चेताउनी
असममा आगामी 26 जुलाईसम्म घना वर्षाको चेताउनी


गुवाहाटी, 23 जुलाई (हि.स.)। असममा एक पटक फेरि मुसलधारे पानीको श्रृङ्खला शुरू हुने सम्भावना देखिएको छ। बोरझारस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रले आगमी 26 जुलाईसम्म राज्य सहित पूर्वोत्तरका केही राज्यहरूमा घना वर्षा हुने पूर्वानुमान जारी गरेको छ।

मौसम विभाग अनुसार यस अवधिमा केही स्थानहरूमा मेघ गर्जन, वज्रापत हुने तथा वर्षा हुने सम्भावना छ। विभागले मानिसहरूलाई सतर्क रहने तथा आवश्यक सतर्कता अप्नाउने अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande