
नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। दिल्लीका लोक निर्माण विभागीय मन्त्री प्रवेश साहिब सिंहले यमुनामा बाढ़ी आउँदा उत्पन्न हुने जलभराउको समस्याको स्थायी समाधान गर्नका लागि बिहीवार सिभिल लाइन्सस्थित मेटकफ हाउस रेगुलेटरमा स्थायी पम्प हाउसको शुभारम्भ गरे।
मन्त्री प्रवेश साहिब सिंहले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भने, अहिलेसम्ममा यमुनाको जलस्तर बढ़ेपछि मेटकफ हाउस रेगुलेटरलाई बन्द गरिन्थ्यो भने वर्षाको जल निकासीको लागि प्रत्येक पल्ट नै अस्थायी पम्प लगाउनुपर्थ्यो। तर अब यस स्थायी पम्प हाउसको निर्माणले जल निकासी व्यवस्था स्थायी रूपमा सुदृढ़ हुनेछ जसबाट बाढ़ी आएको समयमा वर्षाको पानीलाई द्रूत गतिमा प्रभावकारी ढङ्गमा जमुनामा प्रवाहित गर्न सकिन्छ। उनले भने, यस आधुनिक पम्प हाउसमा 75 हर्सपावर (एचपी) को 3 वटा सबमर्सिबल पम्प र 35 एचपीको एउटा सबमर्सिबल पम्प स्थापित गरिएको छ जसको मोठ पम्पिङ्ग क्षमता लगभग 2500 किलोलीटर प्रतिघण्टा छ।
मन्त्रीले भने, बिजुली आपूर्ति बाधित भएको स्थितिमा निर्बाध स़ञ्चालन सुनिश्चित गर्नको लागि 250केभीए क्षमताको डीजी सेट लगाइएको छ। साथै पम्पहरूको सुचारु, सुरक्षित एवं ऊर्जा-कुशल सञ्चालनका लागि एनर्जी एफिशिएन्ट सफ्ट स्टार्टर प्यानल पनि स्थापित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा